सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानको रक्तदानबाट ४८ युनिट संकलन
पाेखरा | पुस ८, २०८०
पोखरा: सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले शनिवार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ४८ युनिट संकलन भएको छ ।
पोखरामा रगतको अभाव भएकाले केही थप सघाउ पुर्र्याउने उद्देश्यसहित रक्तदान आयोजना गरिएको हो ।
चिप्लेढुंगामा आयोजित कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले रक्तदान गर्नुहुदै कार्यक्रमको उद्घाटन गरे ।
उनले सो अवसरमा बोल्दै तमुहरुको महान पर्व, नयाँबर्ष तमु ल्होछार आगमनको अवसरमा पहिलो पटक सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले आयोजना गरेको कार्र्यक्रम अत्यन्तै सफल भएको र आगामी वर्षदेखि निरन्तरता दिन अनुरोध गरे ।
उनले नेपालका लागि वीरगति प्राप्त गर्नुभएका पुर्खाहरुको स्मृतिमा स्थापित संस्थाद्धारा आयोजित कार्यक्रममा रक्तदान गरी मानविय सेवा पुर्याउनुभएका सबैलाई धन्यवादसमेत व्यक्त गरेका थिए ।
कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी कास्की रक्त सञ्चार सेवा केन्द्रको प्राविधीक सहयोग र कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न सहयोगीहरुले आर्थिक सहयोग गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष अनरेरी क्यापटेन धर्मध्वज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नाथु प्रल्हाद रिभानचौर ङेह«ो पैगीलामा परिवारका अध्यक्ष क्याप्टेन डम्बरबहादुर गुरुङले स्वागत र प्रतिष्ठानकी सचिव हरिमाया गुरुङले कार्यक्रम संचालन गरेकी थिइन ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

